एसइईमा सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल स्रिकेटारको सगरमाथा माविका शिक्षक र विद्यार्थी सम्मानित


भोजपुर, १६ असार । एसइईमा सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल अरुण गाउँपालिका ७ सिक्रेटारमा रहको सगरमाथा माध्यमिक विद्यालयका शिक्षक र विद्यर्थीलाई सम्मान गरिएको छ । केहि दिन अगाडी प्रकाशित एसईईको नतिजामा परिक्षासामेल भएका सवै विद्यार्थी उत्तीर्ण भएपछि यहाँका शिक्षक र विद्यार्थीलाई सम्मान गरिएको हो । यहाँका परिक्षामा सामेल सवै १० जना विद्यार्थी पास भएपछि शिक्षक र विद्यार्थीलाई हौसला प्रदान गर्न सम्मान गरिएको अरुण ७ का वडाध्यक्ष कुमार थाापाले बताउनुभयो । वडाले कार्यक्रम आयोजना गरेर सम्मान गरेको उहाँको भनाइ छ ।


“हाम्रो वडामा रहेको सगरमाथा माविले एसइईमा सतप्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ”वडाध्यक्ष थापाले भन्नुभयो,“विद्यालयलाई थप हौसला प्रदान गर्न वडाको आयोजनामा कार्यक्रम गरेर सम्मान गरेका छौँ । वडाले शिक्षा सुधारमा गरिरहेको कामको प्रतिफल देखिएकाले यसमा वडा परिवार खुसी छ ।”
२०३१ साल यता विद्यालयको विकासमा टेवा पु¥याउने, सस्थापकहरु, विद्यालय व्यवथापन समिति तथा पदाधिकारीहरु,प्रधानाध्यापक तथा शिक्षक, राजनितिक व्यक्तित्व, समाजसेवीलाई वडाको तर्फबाट लिखित धन्यवाद गरिएको वडाध्यक्ष थापाले बताउनुभयो । विद्यालयको गुणस्तरलाई अझ सुधार गर्न सडक पूर्वाधारको विकास गरेर समायोजनमार्फत एक वडा एक नमूना विद्यालयको अवधारणा अघि सार्न आवश्यक रहेको वडाध्यक्ष थापाले बताउनुभयो ।“यस अघिका ब्यक्ति,ब्याक्तित्वहरुले गरेको योगदानले नै विद्यालयले यो सफलता हासिल गरेको छ”वडाध्यक्ष थापाले भन्नुभयो,“हामीले पनि यसको सुधारमा आवश्यक भूमिका खेलिरहेका छौँ । विद्यालयको विकासमा भूमिका खेल्नु हुने सवैलाई लिखित रुपमा धन्यवाद ज्ञापन गरेका छौँ ।”

गाउँपालिका अध्यक्ष शालिकराम खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष बिनिता ढकाल, शिक्षा विकास निर्देशनालय धनकुटाका उपसचिव ईश्वरीप्रसाद ओझा, प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा पूर्व वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष डिल्लीराम अधिकारी, गाउँ कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, प्रहरी, अभिभावकलगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार