
भोजपुर, ३ असार ।
घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालन गरेको कामको विषयमा जानकारी दिने उद्धेश्यले भोजपुरमा कार्यक्रम गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय भोजपुरको आयोजनामा उद्योग वाणिज्य क्षेत्रसँग सम्बन्धित सरोकारवालासँग एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममार्फत उद्योग, बाणिज्यको क्षेत्रमा भइरहेका कामको बारेमा छलफल गरिएको छ । साथै उद्योगी व्यावसायिहरुले व्यावसाय सञ्चालनका क्रममा पालना गर्नु पर्ने नियम, उद्योग दर्ता तथा खारेजी प्रक्रिया, जिल्लामा रहेका घरेलु तथा साना उद्योगको अवस्थाको विषयमा कार्यपत्र मार्फत जानकारी गराइएको घरेलु तथा साना उद्योग कार्यालय प्रमुख रमेश ढकालले जानकारी दिनुभयो । कार्यपत्रमाथि उपभोक्ता संरक्षण मञ्च भोजपुरका संयोजक गणेश श्रेष्ठले टिप्पणी गर्नु भएको थियो ।
कार्यक्रमको अवसरमा उपभोक्ता अधिकारको विषयमासमेत जानकारी दिइएको छ । कार्यक्रममा जिल्लाका उद्योगी, व्यावसायिक, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, उद्योग वाणिज्य संघ, उपभोक्ता अधिकार मञ्चलगायत सरोकारवाला पक्षको सहभागिता रहेको थियो ।






















