रामप्रसादराई न्यून बेरुजुमा कोशी प्रदेशका गाउँपालिका तर्फ प्रथम, प्रदेशका समग्र पालिकामा दोश्रो


भोजपुर,३१ बैशाख । भोजपुरको रामप्रसादराई गाउँपालिका न्यून बेरुजुमा कोशी प्रदेशका गाउँपालिका तर्फ प्रथम भएको छ भने कोशी प्रदेशका  १३७ स्थानीय तह मध्ये दोश्रो बनेको छ । महालेखा परिक्षकको कार्यालयको ६२ औँ प्रतिबेदन अनुसार रामप्रसादरार्ई गाउँपालिका कोशी प्रदेशमा गाउँपालिका तर्फ प्रथम र कोशी प्रदेशका नगरपालिका र गाउँपालिका गरी समग्र स्थानीय तहमा दोश्रो बनेको हो ।

त्यस्तै न्यून बेरुजुमा देशभरका गाउँपालिकाको सूचीमा छैटौँ र समग्र ७५३ स्थानीय तहमा ९ औँ स्थानमा पर्न सफल भएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार