हतुवागढी -४ लुङथुङमा स्वास्थ्य इकाई स्थापना


भोजपुर, १३ फागुन । भौगोलिक रुपमा विकट रहेको भोजपुरको हतुवागढी ४ लुङथुङमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले यहाँ सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो । स्वास्थ्य इकाई स्थापनाले यहाँका करिव तीन सय घरपरिवार लाभान्वित बनेका छन् ।

लुङथुङका नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रवाह थालिएको हतुवगढी ४ खैराङका अध्यक्ष चन्द्रबहादुर विष्टले जानकारी दिनुभयो । स्थानीयबासीलाई समान्य स्वास्थ्य सेवा लिनसमेत समस्या भएपछि वडाको पहलमा स्वास्थ्य इकाई स्थापना गरिएको वडाध्यक्ष विष्टले बताउनुभयो ।

“लुङथुङ भौगोलिक रुपमा विकट र निकै ठूलो भूगोल छ”वडाध्यक्ष विष्टले भन्नुभयो,“यहाँ स्वास्थ्य संस्था नहुँदा सामन्य स्वास्थ्य सेवा लिन पनि घण्टौँ हिड्नु पर्ने अवस्था थियो । नागरिकले भोगेको सास्तीलाई ध्यानमा राखेर स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रवाह गरेका हौँ ।”

गाउँ नै स्वास्थ्य इकाई स्थापना भएपछि स्थानीय खुसी भएका छन् । सामान्य प्राथमिक स्वास्थ्य उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु पर्ने अवस्था रहेकोमा स्वास्थ्य इकाई स्थापनाले सहजता भएको स्थानीयबासी तिर्थाकुमारी राईले बताउनुभयो ।
“गाउँ नै स्वास्थ्य इकाई स्थापनाले सहजता थपिएको छ” उहाँले भन्नुभयो,“हामीले आधारभूत स्वास्थ्य सेवा पाउन नै कठिन थियो । यहाँ नै सेवा लिन पाउँदा खुसी लागेको छ । बीच गाउँमा नै स्वास्थ्य संस्था स्थापना भएपछि सेवा लिन सहज छ । ”
स्वास्थ्य इकाई स्थापनाले विरामी हुँदा सिटामोल तथा जीवनजल लिनको लागि घण्टाँै धाउनु पर्ने अवस्थाको अन्त्य भएको स्थानीयबासी मानबहादुर राईले बताउनुभयो । स्वास्थ्य इकाई स्थापनाले वर्षौँदेखी स्थानीयले भोग्दै आएको समस्याको अन्त्य भएको उहाँको भनाइ छ ।

“नजिकमा स्वास्थ्य संस्था नहुँदा लामो समयदेखी समस्या भोग्दै आएका थियौँ” उहाँले भन्नुभयो,“अहिले गाउँमा नै स्वास्थ्य इकाई सञ्चालनमा आएको छ । अव समान्य विरामी हुँदा घण्टौँ लगाएर अन्यत्र जानु पर्ने समस्या हटेको छ ।”
नागरिकलाई सहज र सरल रुपमा सेवा प्रवाह गर्न योजनाबद्ध रुपमा काम भईरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । भौगोलिक विकटताका कारण सेवा प्रवाहमा समस्या देखिएपछि सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याएर नागरिकलाई सेवा प्रवाह थालिएको अध्यक्ष राईको भनाइ छ । । खैराङका साविकका वडाहरु २, ३, ४, ५ र ६ का स्थानीयलाई लक्षित गरेर सामुदायिक स्वास्थ्य इकाईमार्फत सेवा प्रवाह थालिउको अध्यक्ष राईलेब बताउनुभयो । यहाँको सामुदायिक भवनबाट स्वास्थ्य सेवा प्रवाह थालिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

“गाउँपालिकाले नागरिकलाई दिने सेवालाई सहज र सरल बनाउने अभियान जुटेका छौँ” अध्यक्ष राईले भन्नुभयो,“भौगोलिक विकटताका कारण नागरिकलाई सेवा लिन समस्या छ । त्यस्ता ठाउँमा पनि सहज सेवा पु¥याउने काम गरिरहेका छौँ ।”

गाउँपािलकाले स्वास्थ्य, शिक्षासँगै यहाँको सडक, विद्युत्, पूर्वाधारलगायतको विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको उहाँको भनाइ छ । निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार यहाँ स्वास्थ्य इकाई स्थापना गरेर सञ्चालन ल्याइएको अध्यक्ष राईको भनाइ छ ।

हतुवागढी गाउँपालिकामा एक वटा प्राथमिक स्वास्थ्य केन्द्र, पाँच वटा स्वास्थ्य चौकी, तीन वटा आधारभूत स्वास्थ्य केन्द्र र दुई वटा सामुदायिक स्वास्थ्य इकाईमार्फत सेवा प्रवाह भईरहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।

हतुवागढी ४ खैराङका अध्यक्ष चन्द्रबहादुर विष्टको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको प्रमुख अथिति गाउँपालिका अध्यक्ष प्रेमकुमार राई रहुनु भएको थियो ।

कार्यक्रममा वडा नं १ वडाध्यक्ष कुमार विष्ट, वडा नं २ का वडाध्यक्ष विचारी थापा, वडा नं ३ वडाध्यक्ष राजकुमार राई वडा नं ५ का वडाध्यक्ष शुेरस राई, कार्यपालिका सदस्यहरु, शिक्षा प्रेमी तथा समाजसेवी इश्वरमान राई, स्वास्थ्य संयोजक जयकुमार राई, स्थानीय युवा नेता, गजेन्द्र कार्की, प्रेम काकीर्, स्थानीयलगायतको उपस्थिाति रहेको थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार