
भोजपुर, २७ माघ । नेपाल निजामती कर्मचारी युनियन भोजपुरको ९ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनबाट सितारामा ओझाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्षहरुमा देवी तिवारी, निमा राई, सचिवमा विक्रम रुम्वा, कोषाध्यक्षमा सन्तोष आलेमगरसहित १३ सदस्यीय जिल्ला समिति गठन गरेको हो । अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा केशप सौराली, अर्जुन बहादुर विष्ट, शालिकराम लुइटेल, गिता कोइराला, र प्रदेश अधिवेशन प्रतिनिधिमा फण्डिन्द्र भण्डारी, रामकला ढकाल, लक्ष्मण प्रसाद मेहेता छनोट हुनु भएको छ।
कार्यक्रम प्रदेश सांसद तथा कोशी प्रदेश अर्थ समिति सभापति बिनोद बान्तावाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै उहाँले कर्मचारीहरु जिम्मेवार भएर नागरिकको सेवामा लाग्न आवश्यक रहेको बताउनुभयो । हरेक क्षेत्रमा नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेकाले शुभेच्छुक संस्थाहरु कर्मचारी युनियन लगायत सवैले अन्य पार्टीका संगठनहरुले भन्दा नयाँ ढंग र सोचका साथ नागरिक सेवामा लाग्न उहाँले आग्रह गर्नुभयो । त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सदस्य तथा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले, टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेत, नेपाली कांग्रेस जिल्ला पाटी सचिवहरु सफल किरात, चक्र कार्की, अरुण गाउँपालिका उपाध्यक्ष विनिता ढकाल, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य अनिल आचार्यलगाएतको उपस्थितीहरेको थियो ।