लिजामा प्रमथ बनेको रामप्रसादराई गाउँपालिका सम्मानित


भोजपुर, २२ पुस । स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङकन(लिजा)मा पहिलो बनेकोे रामप्रसादराई गाउँपालिका सम्मानित भएको छ । गाउँपालिकालाई जिल्ला समन्वय समिति भोजपुरले सम्मान गरेको हो । आठौँ जिल्ला सभाको अवसरमा आयोजना गरिएको कार्यक्रममार्फत सम्मान पत्रले कोशी प्रदेश प्रमुख प्रशुराम खापुङले गाउँपालिका अध्यक्ष थामबहादुर राईलाई सम्मान गर्नु भएको हो ।

संघिला ममिला तथा सामान्य प्रशासन मन्त्रालयलेप्रकाशन गरेको नतिजा अनुसार ८० दशमलव २५ अंक ल्याएर यो पालिका जिल्लामा प्रथम बनेको थियो । मन्त्रालयको आर्थिक वर्ष २०७९/८० को मुल्याङकनमा यो गाउँपालिका कोशी प्रदेशका १३७ स्थानीय तह मध्ये ११ स्थान प्राप्त गर्न सफल भएको थियो भने जिल्लामा पहिलो बनेको हो ।

मन्त्रालय अन्तर्गत भएको मुल्याङकनमा गाउँपालिकाले प्रशासकीय प्रवन्धमा ८ दशमलव २५, संगठन तथा प्रशासनमा ६ दशमलव ७५, बार्षिक बजेट तथा योजना तर्जुमा १० दशमलव ५, वित्तिय एंव आर्थिक व्यवस्थामा ८ दशमलव ५, सेवा प्रवाहमा १३ दशमलव २५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ६, सामाजिक समावेसीकरण ८ दशमलव २५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५ दशमलव ७५ र सहकार्य र समन्वयमा ६ अंक प्राप्त गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार