भोजपुर, २० असार । भोजपुरमा उपभोक्ता अधिकार संरक्षण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । स्वदेशी उत्पादन अभियान, उद्यमीको सम्मान भन्ने मुल नाराका साथ घरेलु तथा साना उद्योग कार्यालयको भोजपुरको आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममार्फत उपभोक्ताको हक अधिकार तथा उनीहरुको विषयमा छलफल गरिएको छ । कार्यक्रमका वक्ताहरुले उपभोक्ताको हकअधिकार सुनिश्चिताको लागि सबै सचेत हुने पर्ने बताएका छन् । उपभोक्ताको समान उपभोग पूर्व आफू पनि सचेत बन्नु पर्ने सहभागीको भनाइ छ । उपभोक्ताको अधिकारको विषयमा घरेलु तथा साना उद्योग कार्यालय भोजपुरका प्रमुख रमेश ढकाल र उपभोक्ताको अधिकार सचेतनाको विषयमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष गणेश श्रेष्ठले प्रस्तुति राख्नु भएको थियो । उहाँहरुको प्रस्तुतिमा कोष नियन्त्रक मिथिलेस कुमार महतोले टिप्पनी गर्नु भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ, प्रमुख जिल्ला अधिकारी नरबहादुर थापा, उद्योग बाणिज्य संघका अध्यक्ष कर्ण मोक्तान, जिल्ला प्रशासन कार्यालयका अधिकृत, कृष्ण बस्नेत, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, बैंक तथा वित्तिय संस्था, उद्योगि, व्यवसायी उपभोक्ता लगायत सरोकारवाला पक्षको सहभागिता रहेको थियो ।