डिभिजन वन कार्यालयबाट सञ्चालित योजनाको स्थलत अनुगमन


भोजपुर २० असार । डिभिजन वन कार्यालयबाट यस आर्थिक वर्षमा सञ्चालन भएका योजनाहरुको स्थलगत अनुगमन गरिएको छ । कार्यालयबाट हुतवागढी गाउँपालिका, आमचोक गाउँपालिका,टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका लगायतका स्थानमा सञ्चालन भएका योजनाहरुको जिल्ला अनुगमन समितिले स्थलगत अनुगमन गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ, डिभिजन वन कार्यालयका अधिकृत कपिलदेव अधिकारी, कोष नियन्त्रक मिथिलेस कुमार महतो, सहायक वन अधिकृत खुद्रुस मिया, वन प्राविधि सीताराम ओझा, सामुदायिक वन उपभोक्ता अध्यक्ष टेकबहादुर थापालगायत सरोकारवाला पक्षले योजनाको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा कार्यालयले दिएको मापदण्ड अनुसार नै योजना सञ्चालनमा रहेको पाइएको जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले बताउनुभयो । यहाँका कृषक तथा सामुदायिक वनलाई लक्षित गरेर भिडिजन वन कार्यालयबाट सञ्चालन गरिएका कार्यक्रम प्रभावकारी देखिएको उहाँले बताउनुभयो । कार्यालयले मुख्य रुपमा जडिबुटी खेतीमा जोड दिएको पाईएकोले यसले किसानको आयस्तरमासमेत बृद्धि गर्ने प्रमुख थुलुङले जानकारी दिनुभयो ।

यो आर्थिक वर्षमा किसानको मागको आधारमा योजना सञ्चालन गरिएको डिभिजन वन कार्यालयका प्रमुख विरेन्द्र शाहले बताउनुभयो । अनुगमन समिति दिएको प्रतिवेदनका आधारमा मात्र रकम भुक्तानी प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार