भोजपुर टक्सारका आगलागी पीडितलाई राहत वितरण


भोजपुर, ५ चैत । भोजपुर नगरपालिका १२ टक्सार माल्बासेमा भएको आगलागीबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । चैत्त ३ गते भएको आगलागि पीडित पाँच परिवारलाई भोजपुर नगरपालिका, नेपाली कांग्रेस जिल्ला सभापती तथा कोशी प्रदेश सांसद विनोद बान्तावा र वडा कार्यालयले संयुक्तरुपमा राहत सामग्री वितरण गरेको हो । भोजपुर नगरपालिकाबाट प्रति परिवार एक बोराको दरले ५ बोरा चामल, एक काटुन तेल, ५ डल्ला साबुन र ५/५ केजी चिनी र नुन वितरण गरेको छ । त्यस्तै संसद बान्तावाले पाँच बोरा चामल र १/१ लिटर तेल वितरण गर्नु भएको छ । भोजपुर नगरपालिका वडा न १२ को कार्यालयले भने चार वटा ड्रम, बासको समस्या भएका दुई परिवारलाई चार बन्डेल जस्ता वितरण गरेको हो ।

राहत सामग्री वितरण गर्दै कोशी प्रदेश सांसद विनोद बान्तावाले तत्काल केही सहयोग पुगोस भन्ने उद्देश्यल राहत सामग्री वितरण गरिएको बताउनुभयो । आगमी दिनमा उहाँहरुको लागि राहत संकलनमा पहल गर्ने उहाँको भनाई छ । शनिबार जंगलबाट डडेलो बस्तीमा पसेपछि स्थानीय नरबहादुर कार्की, रत्नबहादुर कार्की, गजेन्द्र कार्की, पुष्पबहादुर कार्की र पदमबहादुर कार्कीको ७ घर पूर्ण रुपले जलेर नष्ट भएका थिए । यो सहयोग तत्काललाई भएकाले आगामी दिनमा कार्यपालिकाको बैठ बसेर थप सहयोग गर्ने भोजपुर नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार