भोजपुर १२ फागुन । टेम्केमैयुङ गाउँपालिका ३ मा रहेको अन्नपूर्ण बाघधन रणा दिपाराई माध्यमिक विद्यालयको ७० औँ वार्षिक उत्सव कार्यक्रम शुरु भएको छ । विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्नेदाता, अभिभावक, शिक्षकलाई सम्मान, उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गर्दै वार्षिक उत्सवको कार्यक्रम भएको हो । शुक्रबारबाट शुरु भएको बार्षिक उत्सव आइतबारसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ ।
विद्यालय स्थापनाका लागि जग्गा दाता, चन्दा दाता अक्षय कोष दातालगायत विद्यालयलाई योगदान पु¥याउने व्यक्ती, व्यक्तित्वहरुलाई विद्यालयले सम्मानसमेत गरेको छ । कार्यक्रमका बक्ताहरुले शैक्षिक सुधारमा सवैले आ–आफ्नो ठाउँबाट सकेको योगदान गर्न आवश्यक रहेको धराणा राखेका छन् । वार्षिक उत्सवसँगै पूर्व शिक्षक, पूर्व विद्यार्थी जग्गादाता, चन्दादाता,अक्षयकोष संस्थापकहरुको पुनरमिलन कार्यक्रमसमेत गरिएको विद्यालय व्यावस्थापन समिति सदस्य विष्णुकुमार राईले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविचन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य जयन्ती देवी राई, विशेष अतिथिहरु पूर्व मुख्यमन्त्री प्रदेशसभा सदस्य राजेन्द्र कुमार राई, पूर्व सामाजिक विकास राज्यमन्त्री तथा कोशी प्रदेश सांसद सिर्जना राई, चन्ददाता सशस्त्र प्रहरीका पूर्व आइजिपी दुर्ज कुमार राई, गाउँपालिका उपाध्यक्ष रमादेवी राईलगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै टेम्केमैयुङ गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णप्रसाद राई, वडा नं ४ का वडाध्यक्ष हर्कराज राई, ५ का वडाध्यक्ष सुनिल राई, भूपू विद्यार्थी समाज काठमाण्डौंका अध्यक्ष ज्ञानमणि अधिकारी, महासचिव यादव बान्तवा, सल्लाहकार चामबहादुर राई, पुरन्जन राई, भोजेन्द्र बहादुर खत्री लगाएतको उपस्थितीहरेको थियो ।