सांसद बान्तावाको पहलमा १८ विरामीको नोबेलमा निःशुल्क शल्यक्रिया


भोजपुर, ५ फागुन । गरिवीका कारण उपचारबाट बन्चित रहेका दुई स्थानीय तहका जटिल प्रकारका विभिन्न रोगका विरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । विभिन्न रोगबाट ग्रसित भोजपुरको हतुवागढी र आमचोक गाउँपालिकाका नागरिकले निःशुल्क विषेशज्ञ डाक्टरको सेवा पाएका हुन् । दुर्गम भेगका नागरिकलाई उनीहरूको घरदैलोमा नै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले कोशी प्रदेशका सांसद विनोद बान्तावाको पहलमा नोवेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरका सञ्चालक सांसद शुनिल शर्माको सहयोगमा हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई र आमचोक गाउँपालिका अध्यक्ष अशोक राईको विशेष सहयोग र सकृयतामा पौष २३ र २४ गते निःशुल्क शिविर सञ्चालन गरिएको थियो । दुई पालिकामा सञ्चालन गरिएको शिविरबाट करिव दुई हजार दुई सय जनाले निःशुल्क सेवा लिएका थिए । शिविरमार्फत सामान्य रोगको निःशुल्क औषधिसमेत वितरण थियो ।

शिविरका क्रममा जटिल समस्या भएका १७८ जना विरामीलाई निःशुल्क शल्यक्रिया तथा थप उपचारको लागि रेफर गरिएको थियो । रेफर गरिएका मध्ये जटिल प्रकारका रोग भएका विरामीको शल्यक्रिया गरिएको हो । शिविरबाट चिकित्सकसहितको टोलीले जनरल मेडिसिन तथा मुटु रोग, प्रसूति तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी, दन्त, नाक कान घाँटी, न्यूरो फोक्सो, कलेजो तथा नसा रोगलगायतको उपचार सेवा प्रदान गरेको थियो ।

रिफर गरिएका मध्ये हालसम्म विभिन्न रोगका १८ जना विरामीको निःशुल्क शल्यक्रिया गरिएको नोवेल मेडिकल कलेज टिचिङ अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले बताउनुभयो । सवै विरामीहरुको औषधी बाहेकका सम्पूर्ण खर्च निःशुल्क गरिएको उहाँले जानकारी दिनुभयो । यूरोलोजीको तीन जना, अर्थपेडिक हार्डजोर्नीका चार जना, स्त्रीरोग तर्फ गाइनो पाँच जना, नाक कान घाँटी एक जना, न्यूरो सर्जरी एक जना, जेरेरल सर्जरी तीन जना र मुटुको एक जनाको शल्यक्रिया गरिएको दाहालले बताउनुभयो । त्यस्तै डेन्टलमा सात जनाको निःशुल्क उपचार भएको उहाँको भनाइ छ । उनीहरुलाई वेडमा भर्ना गरेर नै उपचार गरिएको अस्पतालले जनाएको छ ।

“शिविरबाट रिफर भएका मध्ये जटिल रोगका १८ जना विरामीको निःशुल्क शल्यक्रिया गरेका छौँ”दाहालले भन्नभयो,“ विरामीहरुको औषधि र आवश्यक सामान बाहेक अस्पतालबाट शुल्क पूर्णरुपमा छुट गरेर सेवा प्रदान गरेका छौँ ।” नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदानसँगै जटिल खालका रोगको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्यका साथ शिविरि सञ्चालन गरिएको सांसद विनोद बान्तावाले बताउनुभयो ।रेफर गरिएकाहरुको नोवेल मेडिकल कलेज टिचिङ अस्पतालमा निःशुल्क उपचार भइरहेको उहाँको भनाइ छ ।

“उपचारको अभावमा रोग लुकाएर बसेका ग्रामिण भेगका गरिव तथा विपन्न परिवारलाई लक्षित गरेर निःशुल्क उपचारको व्यवस्था मिलाएका थियौँ”सांसद बान्तावाले भन्नुभयो,“डाक्टरहरुले सिफारिस गरेका विरामीलाई निःशुल्क शल्यक्रियासँगै आवश्यक उपचारको व्यवस्था मिलाएका छौँ। नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउनको लागि मैले पहल गरिरहेको छु । मानव जीवनको सबै भन्दा ठूलो सम्पति भनेको स्वास्थ्य रहेछ । स्वास्थ्य मान्छेले मात्र राष्ट्रलाई बढी योगादन गर्न सकिने रहेछ । मेरो कार्यकालमा स्वास्थ्यमा बढी जोड रहने छ । राजनितिककर्मीको भगवान भनेको जनता हुन् । हामीले जनताको सेवामा जीवन प्रयत्न लागि रहनु पर्छ । जिल्लाको विकासमा सवैले एकजुट भएर लाग्न आवश्यक छ । यसले मात्र यहाँको विकासलाई गतिदिन सकिन्छ ।”

मुख्य रुपमा स्वास्थ्य, शिक्षा, खानेपानी, सिंचाई, कृषि,सडकसँगै अरुण र दूधकोशी नदीमामा निर्माण भईरहेका पक्की पुललाई समयमा सम्पन्न गराउन पहल गरिरहेको उहाँको भनाइ छ । पुल निर्माण पश्चात आवत जावतलाई मात्र सीमित नराखेर यहाँका उत्पादनहरुलाई बाह्य बजारसम्म पु¥याउनका लागि स्थानीय नागरिकलाई उत्पादनमुखीमा काम लाग्नका लागि उहाँले आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार