रामप्रसादराईद्धारा आर्थिक मामिला तथा योजना मन्त्रालयमा योजना माग


भोजपुर, २ मंसिर । भोजपुरको रामप्रसादराई गाउँपालिकाले यहाँको कृषि, भौतिक पूर्वाधार र खानेपानीको लागि आवश्यक बजेट माग गरेको छ । गाउँपालिका अध्यक्ष थामबहादुर राईले कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय पुगेर योजना तथा बजेटको माग गरेका हुन् ।

गाउँपालिकाले यसै वर्ष कार्यान्वयन हुने गरी वडा नं -१ को पेम्दिकी खोला तथा छापछिरिङ खानेपानी मर्मत योजना, वडा नं २ र ६ मा पर्ने नागछाँगा पर्यटन पूर्वाधार विकास कार्यक्रम र वडा नं -३ भुल्केमा व्यावसायिक किवी खेती तथा मौरीपालन कार्यक्रमको लागि बजेटमा गरेको अध्यक्ष राईले जानकारी दिए ।

“हामीले विभिन्न कार्यक्रम सञ्चालनको लागि प्रदेश सरकारसँग बजेट माग गरेका छौँ”अध्यक्ष राईले भने,“यसै वर्ष कार्यान्वयन गर्ने गरी बजेट माग गरेका हौँ । माग गरेको बजेट प्राप्त भएमा हामीले थालेका योजनाबद्ध विकासलाई थप गतिदिन टेवा मिल्ने छ ।”

त्यस्तै मूख्यमन्त्री संग पिखुवा खोला दलगाउ भुल्के ओख्रे हुँदै पामाखाम भञ्ज्याङ सम्मको सडक निर्माणको लागि समेत योजना माग गरिएको अध्यक्ष राईको भनाई ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार