भोजपुरमा भिरबाट लडेर एक जनाको मृत्यु


भोजपुर, २० कात्तिक । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । घाँस काट्ने क्रममा लडेर साल्पासिलिछो ५ फेदीका स्थानीय ५६ वर्षीय श्रीकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आइतबार भिरबाट लडेर गम्भिर घाइते भएका राईको उपचारको लागि लैजाने तयारी गर्दा गर्दै मृत्यु भएको हो । घटना पश्चात आवश्यक पक्रिया गरी शव परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
राई साल्पासिलिचुङ संरक्षण तथा बिकाश समितिको अध्यक्ष हुन । मृतक राई पर्यटनको क्षेत्रको विज्ञ ब्यक्तिसमेत रहेको साल्पासिलिछो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद अधिकारीले बताए । साल्पासिलिछो भोजपुरको सवै भन्दा अग्लो स्थानमा रहेको पर्यटकीय क्षेत्र पनि हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार