अरुण डाँडामा चियाको विरुवा रोपियो (फोटो फिचर )


भोजपुर, २५ असार । भोजपुरको पौवादुङमा गाउँपालिका १ श्यामशिलाको अरुण डाँडामा चियाको विरुवा रोपिएको छ । गाउँपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकासमा गरिरहेको उक्त स्थानमा गाउँपालिका अध्यक्ष किरण राई,उपाध्यक्ष ज्योत्सना राई, प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराई, वडाक्ष्यक्षहरुसँगै स्थानीयको उपस्थितिमा बृक्षरोपन गरिएको हो । अरुण डाँडामा पाँच सय चियाको विरुवा रोपिएको वडा १ श्यामशिलाका अध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । आगामी दिनमा पनि यसको विस्तारमा जोड दिने उनको भनाइ छ ।


अरुण डाँडालाई गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गरिरहेको पर्यटकलाई थप आकर्षण थप्दै आर्थिक पक्षमा जोड दिनको लागि चियाको विरुवा रोपिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।‘यो ठाउँलाई हामी धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागि परेको छौँ’ अध्यक्ष राईले भने,‘चिया बहुउपयोगि भएकाले यसको विस्तारले यहाँको सुन्दरतामा बृद्धि गर्दै आयआर्जनमा जोड्ने हाम्रो उद्धेश्य हो ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार