टेम्केमैयुङमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न


भोजपुर, ७ जेष्ठ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरको आयोजना तथा टेम्केमैयुङ गाउँपालिकाको संयोजनमा शनिबार सञ्चालन भएको शिविरबाट एक सय २८ महिला र ९३ पुरुष गरी जम्मा दुई सय २१ जनाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले जनाएको छ ।


शिविर मार्फत विरामीहरुको निःशुल्क चेकजाँच तथा औषधी वितरण गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरका निमित प्रमुख मनोज कुमार पंडित बताए । शिबिरमा पञ्चकर्म,पूर्वकर्म अन्तरगत स्नेहन र स्वेदन विधीबाट विरामीको उपचार गरिएको उअनको भनई छ । शिविरमा पाएल्स, बाथ रोग,खोकी दम स्त्रीरोग लगाएतका विरामीको संख्या बढी रहेको कार्यालयले जनाएको छ । पछिल्लो समय आयुर्वेद सेवा तर्फ नागरिकको आकर्षण बढ्दै गएको जिल्ला आयुर्वेद कार्यालयको सुचना अधिकारी अनिल कुमार मण्डलको भनाई छ । कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङको प्रमुख आतिथ्यता तथा टेम्केमैयुङ गाउँपालिका अध्यक्ष शरोज बस्नेतको विशेष आतिथ्यता लगाएत वडाध्यक्ष विभिन्न संघसंथाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार