षडानन्द नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


भोजपुर, २९ माघ । भोजपुरको षडानन्द नगरपालिकाको आर्थिक बर्ष २०७९ /०८० को (अर्धवाषिक) पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आइतबार नगरपालिका केन्द्र दिङ्लामा कार्यक्रम सम्पन्न भएको हो । हालसम्म नगरपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार भण्डारीले नगरपालिकाले यो अवधिसम्म गरेका काम, सञ्चालित योजना, नीतिगत निर्णय तथा हालसम्मको प्रगतिको विषयमा प्रतिवेदन पेश गरे ।


नगरपालिकाले यो अवधिसम्म चालु तर्फ २५ दशमलव ६७ र पुँजीगत तर्फ ७ दशमलव २१ प्रतिशत बजेट खर्च गरेको प्रशासकीय अधिकृत भण्डारीेले जानकारी दिए । कार्यक्रममा स्थानीय नागरिकले उठाएका सवालको जबाफ दिँदै नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदालले नगरपालिकाले यहाँको सबै क्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा काम गरिएको बताए । स्थानीय नागरिकबाट आएका सल्लाह सुझावले नगरपालिकाको आगामी दिनका योजनालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने उदासको भनाइ छ ।

स्थानीय उठाएका प्रश्नहरुको नगर उपप्रमुख, प्रमिला राई, प्रशासकीय अधिकृत, विनोद भण्डारी, वडाध्यक्षहरु तथा विषयगत कार्यालयका प्रमुखहरुले जवाफ दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार