भोजपुर, २५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले बालागुरु षडानन्द अधिकारी र क्रान्तियोदा योगमायाको सालिक अनावरण गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज षडानन्दको जन्मभएको ठाउँमा राखिएको सालिक र योगमायाको तपोभूमि साल्पासिलिछो १ गौडेनीमा राखिएको योगमायाको शालिक अनावरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले दिङलामा रहेको राम सीता मन्दिरको दर्शन, षडानन्द वेद विद्याश्रमको अवलोकन, कैलास डाँडाको आवलोकन, षडानन्द माध्यमिक विद्यालय र अरुण माध्यमिक विद्यालयकोसमेत अवलोकन गरेकी छिन् ।
राष्ट्रपति भण्डारीको उपस्थितिमा षडानन्द नगरपालिका १ मझुवाबेँसीमा रहेको योगमायाको समाधी स्थल पार्कको प्रदेश १ काम मुख्यमन्त्री हिक्मत कुमार कार्की शिलान्याससमेत गरेका छन् । विस्तृत परियोजना प्रतिवेदन तयार गरेर निर्माण गर्न लागिएको पार्कमा योगमायासँगै जलसमाधी लिएका ६८ जनाको प्रतिमा राख्ने लक्ष्य रहेको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदासले जानकारी दिए ।
‘योगमायाको समाधी स्थलमा पार्क निर्माणको मुख्यमन्त्रीबाट शिलान्यास गरेका छौँ’ प्रमुख उदासले भन्,‘यो ठाउँको विकास गरेर पर्यटकीय क्षेत्रसँगै एक अनुसन्धानको केन्द्र बनाउने उद्धेश्य छ ।’
योगमायाले समाज सुधारको लागि गरेको तत्कालिन समयको विद्रोहले कुरिति तथा कुप्रर्थाको अन्त्य लागि ठुलो योगदान पुगेको साल्पाछिलिछो गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए ।‘ योगमायाले त्यो समयमा गरेको विद्रोहले समाज लागि अतुलनिय योगदान छ’’ अध्यक्ष राईले भने,‘‘उहाँलाई राष्ट्रिय विभूति घोषणा गराउने लक्ष्य छ ।’