भोजपुरबाट प्रदेशसभामा एकीकृत समाजवादीका राजेन्द्र कुमार राई निर्वाचित


भोजपुर, ८ मंसिर । भोजपुरबाट प्रदेश सभा सदस्य (क)मा एकीकृत समाजवादीका राजेन्द्र कुमार राई निर्वाचित हुनु भएको छ । बिहिबार बिहान मतगणना सम्पन्न हुँदा राईले नेकपा एमालेका उम्मेदवार हरि बहादुर राईलाई ३ हजार ८८७ मतान्तरले हराउदै निर्वाचित हुनु भएको हो

सत्ता गठबन्धनका साझा उम्मेदवार राईले १६ हजार ११० मत प्राप्त गर्नु भएको छ भने एमालेका हरि बहादुर राईले १२ हजार २ सय २३ मत प्राप्त गर्नु भएको छ । निर्वाचित राई प्रदेश एकको मुख्यमन्त्री समेत हुनुहुन्छ । आधिकारिक घोषणा हुन भने बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार