गठबंन्धन दलले नियम मिचेर खेल खेले : पूर्वमुख्यमन्त्री शेरधन राई


भोजपुर, २५ भदौ । प्रदेश नम्वर १ का पूर्वमुख्यमन्त्री तथा एमालेका स्थायी कमिटि सदस्य शेरधन राईले खेलको नियम मिच्ने दलहरुलाई आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनबाट दण्डीत गर्नु पर्ने बताएका छन । अहिले परमादेशबाट बनेको सरकार मुलुकमा क्रियाशिल रहेको भन्दै राईले जनताले चुनेकाहरु भने सरकार बाहिर रहेको बताए ।

राष्ट्रिय युवा संघ नेपाल भोजपुरको सदरमुकाममा जारी जिल्ला स्तरीय भेला तथा बिस्तारित बैठकलाई सम्वोधन गर्दे स्थायी कमिटी सदस्य राईले एमालेलाई घेरावन्दीमा पारेर गठबन्धनका दलले राष्ट्रियतामा आँच पुग्ने काम गरी रहेको आरोप समेत लगाए । राष्ट्रियतामा आँच आउने गरी नागरिकता ऐन ल्याउने, करका दायरामा हेरफेरको प्रयास, संघीयता माथि प्रश्न उठाउने काम अहिलेको गठबन्धनबाट हुदै आएको भन्दै राईले मंसिर ४ मा जनताको मतबाट यस्ता कार्य गर्नेहरुलाई सही ट्रयाकमा ल्याउनु पर्ने बताए ।

भलिवल खेलको नियम एमालेले मात्र मानेको भन्दै अर्को पक्षले खेलको नियम मिचेको आरोप समेत लगाए । राईले भने, “खेलको नियम मिचिएको छ, एमालेलाई जवरजस्त घेरावन्दीमा पार्दे ६ जना मात्र कोर्टमा खेल्नु पर्ने अवस्थामा खेलको नियम भन्दा बाहिर गएर १२ देखि १५ जनाले खेल खेल्ने काम भई रहेको छ ।” नियम मिचेर खेल खेल्नेहरुलाई न्यायलयले पनि दण्डीत गर्न नसकेकोले नियमित बिपरीत खेलमा सहभागी भएका खेलाडीहरुलाई आगामी निर्वाचनमा दण्डीत गरिनु पर्ने राईको भनाई रहेको छ ।

राज्य आतंक, महगी, भष्ट्राचार लगायतका राज्य बिरोधी गतिबिधीहरुमा खवरदारी गर्ने कार्य युवा संघले गर्दे आई रहेको बताउँदै राईले आजको अभिभारा र परिस्थिती अनुसार ऐतिहासिक अभिभारा निर्वाह गर्न युवा संघलाई आग्रह समेत गरे । आगामी निर्वाचनमा एउटा मतदान केन्द्रमा सय जनाको दरले युवाहरुले बुथको सुरक्षा समेत गर्नु पर्ने राईले बताए ।

भेला तथा बैठकले मंसिर ४ को निर्वाचलाई केन्द्रित गरेर बिविध निर्णयहरु गर्ने युवा संघका जिल्ला अध्यक्ष बिमल रणपहेलीले जानकारी दिए । जारी भेला तथा बैठकमा प्रदेश १ का पूर्वमुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य राई, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हरिबहादुर राई, युवा संघका केन्द्रीय महासचिव क्षितिज थेवे, जिल्ला अध्यक्ष शरण कुमार राई उपाध्यक्ष मकर खड्का, सविव किरण राई लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ । भेलामा जिल्लाका साथै ९ वटै स्थानीय तहको ८१ वटा वडाबाट युवाहरुको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार