भोजपुर, १९ असार । भोजपुरको षडानन्द नगरपालिकाले एम्वुलेन्स सञ्चालनमा ल्याउने भएको छ । स्थानीय नागरिकहरुलाई सहज स्वास्थ्य सेवा प्रवाह गर्ने लक्ष्यले एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो । नगर प्रमुख सुरेन्द्र कुमार उदासले घोषणा गरे अनुसार नै एम्वुलेन्स सञ्चालन आउने भएको हो । उदासले आइतबार आफ्नो नगरमा आउने एम्वुलेन्स बुझेका छन् । भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको ७५ ओटा एम्बुलेन्स मध्ये एक ओटा षडानन्द नगरपालिकाले ल्याउन सफल भएको हो ।
नगर प्रमुख उदासले भने,‘मैले निर्वाचनको बेलामा पनि एम्वुलेन्स सञ्चालनमा ल्याउछु भनेको थिए । खासमा हामीले आफ्नै लगानीमा किन्ने सोचेको भएपनि अहिले हामीले माथिबाट एम्बुलेन्स ल्याउन सफल भएका छौँँ । त्यसको कारण अव एम्बुलेन्समा खर्च हुने बजेट विकासमा निर्माणमा लगाउछौँ ।’ कार्य विधि बनाएर सुत्केरी अक्तश जेष्ठ नागरिक, आर्थिक अवस्था कमजोर भएकालाई सहज हुने गरी एम्बुलेन्स सेवा दिने प्रमुख उदासको भनाइ छ ।