समन्वय समिति भोजपुरमा गठबन्धनको प्यानल विजयी


भोजपुर, २८ जेठ ।
भोजपुर जिल्ला समन्वय समितिमा गठबन्धनको प्यालन नै विजयी भएको छ । शनिबार सम्पन्न निर्वाचनबाट प्रमुखमा नेपाली काङ्ग्रेसका कमल थुलुङ र उप–प्रमुखमा माओवादी केन्द्रकी अनिशा खड्का विजयी बनेका छन् । दलित वा अल्पसंख्यक सदस्य र महिला सदस्यमा माओवादीबाट लादिकी शेर्पा, गोमादेवी राई, जनता समाजबादीबाट जीवन किराती राई र चन्द्रकुमार राई सदस्यमा निर्वाचित भएका छन् ।

त्यस्तै नेपाली काङ्ग्रेसबाट विनोद मगर र दीर्घ कुमारी राई सदस्य बनेका छन्, भने रुख चिन्हबाट निर्वाचन लडेकी भएकी नेकपा(एकिकृत समाजवादी) बाट राधिका तामाङले सदस्यमा जित हासिल गरेकी छिन् ।  दुई नगरपालिका र सात गाउँपालिकासहित नौ ओटा स्थानीय तह रहेको भोजपुरमा १८ मतमध्ये १७ मत खसेको थियो । एक जना स्वतन्त्र उम्मेद्धवारले मतदान गरेनन् ।

निर्वाचनमा एमाले र गठबन्धनका उम्मेद्धवारले मनोनयन गर्दा गरेका थिए । गठबन्धनका प्रमुख र उप–प्रमुखका उम्मेद्धवार एमालेका उम्मेद्धवारलाई ५ मतान्तरले पछि पार्दै विजयी बनेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार