भोजपुरको जिल्ला समन्वय समिति प्रमुखमा राई र थुलुङको उम्मेदवारी


भोजपुर, २५ जेठ ।  जिल्ला समन्वय समिति भोजपुरको प्रमुखमा दुई जनाको उम्मेदवारी दिएका छन् । एमालेबाट विष्णु कुमार राईले उम्मेदवारी दिएका छन् भने गठबन्धनको तर्फबाट नेपाली काङग्रेसका कमल थुलुङले उम्मेदवारी दिएका हुन । त्यस्तै उप-प्रमुखमा एमालेबाट चन्द्रकला राई र गठवन्धनको तर्फबाट माओबादी केन्द्रकी अनिसा खड्काले उम्मेदवारी दिएका हुन । प्रमुखका उम्मेदवार राई टेम्केमैयुङ गाउँपालिका वडा नम्वर- ३ बाट निर्वाचित वडा सदस्य हुन् भने थुलुङ भोजपुर नगरपापिलका वडा नम्वर- ३ बाट वडा सदस्यमा निर्वाचित भएका थिए । गठबन्धनबाट सदस्यहरुमा नेपाली काङग्रेसका, माओबादी केन्द्र जनता समाजबादीबाट दुई /दुई जना र एकीकृत समाजबादीबाट एक जनाले उम्मेदवारी दिएका छन् । एमालेले भने सवै पदमा एक्लै उम्मेदवारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार