भोजपुर, १८ जेष्ठ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा ऐतिहासिक सिद्धेश्वर शिव पञ्चायन मन्दिरको उद्घाटन गरिएको छ । धार्मिक पर्यटन पवद्र्धन गर्ने उदेश्यले गाउँपालिका तथा स्थानियबासीको सकृयतामा मन्दिरको उद्घाटन गरिएको हो । टेम्केमैयुङ गाउँपालिका ५ मझौलेमा सिद्धेश्वर शिव पञ्चायन मन्दीरको स्थापना गरिएको हो । मन्दिरमा शिव,गणेश, सूर्य, विष्णु, देवीको पञ्चायन भगवानको मुर्तीहरु राखिएकोे छ । यो मन्दिरको स्थापनाले धार्मिक पर्यटन तथा धार्मिक सहिष्णुता बढ्ने स्थानियले बताएका छन् । करिव एक रोपनी क्षेत्रफलमा निर्माण भएको यस मन्दिरमा पञ्चायन भगवानको कलात्मक मुर्तीहरु राखिएको छ । मन्दिर निर्माणको लागि स्थानीय देव बहादुर विष्टले निः शुल्क जग्गा दिएका हुन् । आफ्नो ठाउँमा मन्दिरको अत्यावश्यक परेकोले निःशुल्क जग्गा दिएको उनले बताए ।
गाउँपालिका र वडा कार्यालयको ३ लाख आर्थिक सहयोगमा मन्दिर निर्माण गरिएको हो । यो स्थानको शिरमा प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल टेम्केडाँडासमेत पर्ने भएकोले यो मन्दिर निर्र्माणले आन्तरिक तथा बाह्य पर्यकटहरुमासमेत बृद्धी हुने गाउँपालकाले जनाएको छ । मन्दिरमा राखिएको मूर्ती खोटाङको साकेला गाउँपालिकाका विर्ख बहादुर कटुवालले निर्माण गरेका हुन् । गाउँपालिकाको सानो आर्थिक सहयोगमा पनि स्थानीयको सकृयतामा निर्माण भएको यो मन्दिरको प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरु भित्राउन सहज हुने सरोकारवालाको भनाई छ ।