हतुवागढी -१ मा एमालेबाट कुमार विष्ट वडाध्यक्षमा विजयी


भोजपुर, ३१ बैशाख । भोजपुरको हतुवागढी गाउँपालिका १ को वडाध्यक्षमा एमालेबाट कुमार विष्ट विजयी बनेका छन् । विष्ट ४५९ मत ल्याएर विजयी बनेका हुन् । विष्टका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका पृथ्वीबहादुर थापाले २८४ मत ल्याएका छन् । सदस्यमा एमालेका रामबहादुर सुवेदी, राजेन्द्र थापा, दलित महिला सदस्यमा सुशीला विक र नेपाली काङ्ग्रेसकी शारदा बस्नेत निर्वाचित भएका छन् । हतुवागढी गाउँपालिकाको मतगणना शुक्रबार रातिबाट सुरु भएको थियो । हालसम्म हतुवागढी–१ को मतगणना सकिएको छ । यहाँ एमालेबाट अध्यक्षका उम्मेदवार प्रेमकुमार राई आठ सय मत गणना गर्दा गठबन्धनका उम्मेदवार भन्दा ४४ मतले अगाडी रहेका छन् । राईले ३९४ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट कांग्रेसका उम्मेदवार गजेन्द्र कार्कीले ३५० ल्याएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार