भोजपुरको साङपाङमा अज्ञात व्यक्तीद्धारा उम्मेदवार माथि खुकुरी प्रहार


भोजपुर, २५ बैशाख ।
भोजपुरको षडानन्द नगरपालिका साङपाङमा अपरिचित ब्यक्तीले उम्मेदवार माथी खुकुरी प्रहार गरेका छन् । गएराति १० बजे वडा नं १० साङपाङकी एमालेबाट वडा सदस्य उम्मेदवार अमिता तामाङलाई नकाबधारी व्यक्तीले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घाइते तामाङको टाउकोमा चार टाँका लगाएको प्रहरीको भनाइ छ । अपरिचित व्यक्तीले कुटपिट गरी फरार रहेकोले खोजी भईरहेको प्रहरीको भनाइ छ । स्थानीय शालिक तामाङले घाइते तामाङ माथी खुकुरी प्रहार भएको जानकारी दिए । घाइते तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको तामाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार