भोजपुर, २४ फागुन । ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ भोजपुरमा पनि १११ औँ अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानसँगै पौवादुङमा गाउँपालिकामा विविध कार्यक्रमका आयोजना भएका छन् । पौवादुङमा गाउपालिकामा ¥यालीसहित बजार परिक्रमा पश्चात औपचारिक रुपमा कार्यक्रममा उद्घाटन गरिएको थियो । दिवसको अवसरमा अपाङगता भएका व्याक्तिहरुका लागि प्रारम्भिक जाँच तथा परिचय पत्र वितरण, महिलाहरुका लागि आङ खस्ने समस्याको पहिचान तथा निशुल्क उपचार शिविर सञ्चालन गरिएको छ ।
शिविर मार्फत ३०५ जना अपाङगता भएका व्यक्तीहरुको स्वास्थ्य परिक्षण, परिचय पत्र वितरण तथा सहयोगी उपकरण वितरण गरिने गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन् । उपाध्यक्ष राईले भनिन्,‘ दिवसको अवसरमा विभिन्न जनचेतना मुलक कार्यक्रम सहित स्वास्थ्य शिविरको आयोजना गरिएको छ, यसले अपाङगता भएका तथा महिलाहरुको लागि लाभ पुग्ने छ । विगतका वर्षहरुमा पनि हामीले यस्ता जनचासोका कार्यक्रम गर्दै आएका छौँ । ’ त्यस्तै अन्तर विद्यालय स्तरिय हाजिरीजबाफ लगाएत अन्य विविध कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष किरण राईले अझै पनि महिलाको हक अधिकार सुनिश्चित हुन नसेको धारण राखे । यसका लागि महिला अगुवाहरुले ससक्त ढंगले आवाज उठाउनु पर्ने बताए । गाउँपालिकाले स्थानीय नागरिकको पक्षमा काम गरिएको बताउदै उनले स्थानीय सरकार सञ्चालनमा आएपछि जनताले धेरै राहतमा मशसुस गर्न पाएको धाराणा राखे । अध्यक्ष राईले भने,‘ हामी जनताका सेवामा लागि परेका छौँ, यहाँका नागरिकलाई स्वस्थ्य, शिक्षा लगाएतमा सहज पहुँचका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेका छन्, हामीले विभिन्न समयमा स्वास्थ्य शिविर सञ्चालन गरेर सेवा प्रदान गर्दै आएका छौ त्यसको निरन्तरता स्वरुप यस पटक पनि शिविरको आयोजना गरिएको छ ।’
गाउँपालिकालाई समृद्ध बनाउन योजनाबद्ध रुपमा काम भइरहेकोले कृषि,पर्यटन, यातयात, विद्युत विस्तारस्रगै खानेपानी समस्या चाँडै समाधन हुने अध्यक्ष राईले बताए ।‘ गाउँपालिकाले प्राथमिताकामा राखेका धेरै योजनाहरु छन्। योजना अनुसारका सवै कार्यक्रम सञ्चालन गर्न हामीसँग आएको बजेटले सम्भव छैन, त्यसैले महिनौ दिनसम्म काठमाण्डौमा धाएर भएपनि हामीले केहि बजेटको व्यवस्था गरिरहेका छौँ, विद्युत विस्तारको काम अघि बढि सकेकोे छ, पिउने पानी यो आर्थिक वर्षमा घर घरमा पु¥याउने लक्ष्यका साथ काम भइरहेको छ, भने हामीले डिपीआर गरेको च्याङग्रे पोखरी, अरुण डाँडा लगाएतका पर्यटकिय क्षेत्रको विकासका लागि पनि बजेट व्यवस्था गर्न सफल भएको छौं, यो हाम्रो लागि खुसीको कुरा हो।’