सेनाको सहयोगमा भोजपुरमा एक सय बेड क्षमताको क्वारेन्टाइन निर्माण


भोजपुर, १३ चैत्र । कोरोना भाइरस अर्थात (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भोजपुरमा एक सय बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ ।

भोजपुर नगरपालिका ६ देउरालीमा रहेको सुम्निमा पोलिटेक्निक इन्ष्टिच्यूटको क्वाटरमा ६० र वडा नम्बर १२ मा रहेको पर्यटन सुचना केन्द्रमा ४० गरी १ सय बेड क्षमताको क्वारेन्टाइन निमार्ण गरिएको हो ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन भोजपुर नगरपालिकाको आर्थिक सहयोग र नेपाली सेना फष्ट रैफल गण भोजपुरको सहयोगमा एक सय बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिनु भयो । क्वारेन्टाइन स्थलमा विद्युत,खानेपानी लगायतका उपकरण जडान भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार