
काठमाडौं, ४ कार्तिक । हिउँदको शुरुवातसँगै दिन छोट्टिैदै गएको छ । सूर्य क्रमिक रुपमा बिहान अलि ढिलो उदाउने र बेलुकी छिटो अस्ताउने क्रम बढ्दै गएको छ । सोमबार बिहान सुर्योदय ६ बजेर ७ मिनेटमा सुर्योदय भएको छ । सूर्य अस्त सांझ ५ बजेर ३० मिनेटमा हुनेछ ।
हिउँदको शुरुवातसँगै मौसम पनि परिवर्तन भएको छ । पानी पर्न कम भइसकेको छ । तर आकाश भने छ्याङ्ग भइसकेको छैन । बादल लाग्ने क्रम जारी छ । मुलुकको मध्य, पूर्वी र पश्चिमी भूभागमा आंशिक बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिउँदको शुरुवातसँग चिसो बढ्ने क्रम जारी छ । काठमाडौंमा सोमबार बिहानको तापक्रम १५ डिग्री सेल्सियस रह्यो । दिउँसोको न्यूनतम तापक्रम २६ देखि अधिकतम् तापक्रम २८ डिग्री सेल्सिय रहने महाशाखाले जनाएको छ ।






















