सरकारको खोप कार्यक्रम माथि प्रश्न : ४६ लाख ३७ हजार २२ डोज खेर


काठमाडौं, ३ असोज । वालवालिकालाई दिइने ४७ लाख खोपको मात्रा खेर गएको पाइएको छ । पछिल्लो एक वर्षमा ४६ लाख ३७ हजार २२ मात्रा९डोज० खेर गएको देखिएको छ । जसकारण सरकारले करोडौं रुपैंया घाटा व्यहोर्नुपरेको छ । खोपको डोज खोलिसके पश्चात् निश्चित अवधिमा उपयोग गर्नुपर्ने र डोजअनुसार उपयोग हुन नसकेमा स्वतः खेर जाने कारण खेर जाने दर बढेको पाइएको छ ।
जसअन्तर्गत बी।सी।जी। खोप १९ लाख पाँच हजार पाँच सय १६ डोज, डि।पी।टि। चार लाख ३१ हजार सात सय २४ डोज, दादुरा रुवेला आठ लाख ७७ हजार पाँच सय ८२ डोज, पोलीयो ओ।पी।भि। चार लाख ५५ हजार ६ सय १८, जे।ई। तिन लाख ८९ हजार तिन सय ५९ डोज, टि।डी। तिन लाख ८९ हजार तिन सय ४३ डोज, पि।सी।भि। एक लाख ८७ हजार आठ सय ८० डोज खेर गएको देखिएको छ । स्वास्थ्य सेवा विभागले निःशुल्क रुपमा बालबालिकालाई उपलब्ध गराउँदै आएको खोप खेर गएपनि प्रभावकारी अनुगमन हुन सकेको छैन ।
वैदेशिक मुद्रामा खरिद हुने खोपको मात्रा अत्यधिक खेर गएको भएपनि सरकारले त्यसको उचित प्रयोग गर्न नसकेको पाइएको छ । खोप लिने तालिकामा उचित व्यवस्थापन मिलाई खेर नजानेगरी प्रयोगमा ल्याउन सरोकारवालाले सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार