बमकाण्डको आरोपमा सांसद अफ्ताव आलम पक्राउ


रौतहट, २६ असोज । बमकाण्डको आरोपमा पूर्वमन्त्री एवं रौतहट क्षेत्र नम्बर २ का सांसद मोहम्मद अफ्ताव आलम पक्राउ परेका छन् । रौतहट प्रहरीले २०६४ सालको बमकाण्डसँग सबन्धित घटनामा संलग्नताको आरोपमा रौतहट प्रहरीले उनलाई आज रौतहटवाट पक्राउ गरेको हो । पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको छ । आलम रौतहट क्षेत्र नम्बर दुईबाट निर्वाचित कांग्रेसका सांसद हुन् ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा राजपुर फरहदवास्थित आलमको निवासमा वम बिस्फोट भएको थियो । सो विस्फोटमा केहीको मृत्यु हुनुका साथै दुई दर्जन मानिस घाइते भएका थिए । विष्फोटमा घाइते भएका पाँच जनालाई इटा पोल्टे भट्टीमा हालेर मारिएको आरोप आलममाथि लाग्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार