धनकुटा । धनकुटाको मुलघाट स्थित तमोर नदीमा सेल्फी खिच्ने क्रममा आज दिउँसो एक युवतीलाई नदीले बगाएको छ । धनकुटा नगरपालिका–९ मुलघाट स्थित तमोर नदी किनारमा सेल्फी खिच्ने क्रममा धनकुटा–७ मदनचौककी २२ बर्षीया सुजना कटुवाललाई तमोरले बगाएको हो । साथीहरुसँग गएकी कटुवाल नदी किनारमा सेल्फी खिच्ने क्रममा लडेर दिउँसो करिव ३ बजे नदीमा बेपत्ता भएको धनकुटाका प्रहरी प्रमुख सुदर्शन कोईरालाले जानकारी दिए । बेपत्ता कटुवालका वुवा गोरख कटुवालले धनकुटाको मदनचौकमा कञ्चनजंगा होटल सञ्चालन गर्दै आएका छन् । घटनाको जानकारी पाएपछि उनको खोजिका लागि आफन्तहरु तमोर नदीमा भेला भएका छन्