सुर्खेत, १६ असोज । खान नपाएर कुपोषणले थलिएको शरिर। सौतेनी आमाको कुटाईबाट पेल्भिक डिसलोकेशन ९ढाडको जोर्नी फुत्किएको० छ। पाकेको घाउले उनलाई झन पीडा दिन्छ।
११ दिनदेखि प्रदेश अस्पतालको आइसियूको बेडमा रहेकी सात वर्षीया छोरी कमलालाई हेर्दै बुवा तिर्थबहादुर महतारा छिनछिनमा बेहोस् हुन्छन्।कमला चार वर्षको हुँदा आमाले अर्कोसँग बिबाह गरिन्। नेपाली सेनामा कार्यरत तिर्थबहादुरले अघिल्लो वर्ष फागुनमा मनकुमारीलाई भित्र्याए। छोराछोरीलाई माया र स्याहार गर्नुपर्ने मनकुमारीले उल्टै कुटपिट गर्न थालिन्। सौतेनी आमाको कुटाईबाट जेठी छोरीको आँखामा चोट छ। कान्छी छोरी कमला अस्पतालको बेडमा छिन्। ‘पहिलेको श्रीमतीले छोडेर गएपछि तीन छोराछोरीको स्याहारका लागि विवाह गरेको हुँ,’ तिर्थबहादुरले भने, ‘जसलाई विश्वास गरेर बिबाह गरें, उसैले छोराछोरीलाई मार्ने उद्देश्यले कुटपिट गरिछन्।’ सौतेनी आमाको कुटाईबाट कमलाको अवस्था गम्भीर छ।
ढाडको जोर्नी फुत्किएकाले उनी उठ्न पनि सक्दिनन्। आफू उपचारका लागि काठमाडौं गएदेखि नै मनकुमारीले छोराछोरीलाई कुट्न थालेको तिर्थबहादुरले बताए। ‘छोरीलाई कुटेर ठाउँठाउँमा घाउ छन्, ढाडको हड्डी फुत्किएको छ, त्यसमाथि खान नदिएर छोरी कुपोषित भइन्,’ उनले भने, ‘डाक्टरहरुले केही महिना अझै आइसियूमा राख्नुपर्छ भन्नु भएको छ।’ चिकित्सकका अनुसार कुपोषण, पेल्भिक डिसलोकेशन र शरिरको तल्लो भागको घाउका कारण कमलाको स्वास्थ्य अवस्था गम्भीर छ।