दुर्घटनामा घाइते भएका भट्टराईको उपचारका क्रममा मृत्यु


धनकुटा, १६ असोज । धरानमा सडक दुर्घटनामा परी घाइते भएका धनकुटा नगरपालिका–६ आत्माराका गुरुप्रसाद भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ । बिराटनगरको न्यूरो अस्पतालमा उपचाररत ३८ बर्षीय भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार किराना पसलको सामान लिन को।१ ख।४६७९ नम्बरको बोलेरो पिकअप लिएर भट्टराई धरान गएका थिए । सामान लिएर धनकुटा फर्किँदा धरानको लक्ष्मीचौकमा सडकमाथि लत्रिएको तार गाडीमा अल्झिएपछि निकाल्ने क्रममा तिब्र गतिमा आएको बा।४ ख ९२५ नम्बरको बसले तार सोर्दा उनी सोहि तारमा अल्झिएर सडकमा लडेका थिए ।

पिकअपको छतबाट सडकमा लड्दा टाउकोमा गम्भीर चोट लागेका भट्टराईलाई उपचारका लागि न्यूरो अस्पताल ल्याइएको भएपनि उपचारकै क्रममा निधन भएको मृतकका भतिज सन्तोष भट्टराईले जानकारी दिए । महालक्ष्मी नगरपालिका स्थित अर्खौले स्थायी घर भएका भट्टराई धनकुटाको आत्मारामा रहेको घरमा किराना पसल चलाउँदै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार