कस कसलाई डुबायो यौन काण्डले (नेताको सूचीसहित)


काठमाडौ,१५ असोज । आफ्नो पदीय मर्यादा ख्याल नगरेर तल्लो स्तरको हर्कत गरेपछि बदनाम कमाएका नेता तथा उच्च पदस्थ व्यक्तिहरू नेपालमै धेरै छन ।नेपाली राजनीतिका विभिन्न घटकमा रहेका महिला कार्यकर्ता तथा नेत्रीसँग यौनजन्य सम्बन्ध रहेको चर्चा बेला बेला चल्ने गरेपनि प्रमाणहरू फेला पर्ने घटना थोरै मात्रामा हुन्छन ।नेपालमा नेता देखि मन्त्री सम्मका हाईटुमा पुगेकाहरू त यस्तो घटनामा फस्ने गरेको करिव करिव समान्य भइसकेको अवस्थामा तिन बिस काटेका, शारीरिक रुपमा त्यति बलियो बाङ्गा नभएका र नेपालको कम्युनिष्ट राजनीतिको आशलाग्दा नेता तथा सभामुख कृष्ण बहादुर महरामाथि बलात्कारको आरोप लागेको छ । उनले सभामुखबाट राजिनामा समेत दिइसकेका छन । यस्ता घटना विभिन्न पटक सत्तामा बसेका नेकपा, नेपाली काँग्रेस, मधेशी दलका तथा राप्रपा वा अन्य दलभित्रका भ्रातृ सङ्गठनमा पनि नभएका भने होइनन् । सञ्चारकर्मी रश्मिला, प्रजापतिले केशव स्थापितमाथि यौनहिंसा गरेको आरोप लगाएकी थिइन् । उनले काठमाडौंको मेयर हुँदा त्यहाँकी कर्मचारी प्रजापतिले बाहिर कतै घुम्न जाऔंलगायतका प्रस्ताव गर्ने गरेको बताइकी थिइन ।प्रदेश २ मा राजपाका नेता रमन सिंहले यौन शोषण गरेको आरोप स्वास्थ्यकर्मी निशा झाले लगाएको आरोपले हङ्गामा नै मच्चिएको थियो । सरुवा गरिदिन्छु भनेर सम्बन्ध गाँसेको र शारीरिक सम्बन्ध समेत राखेपछि घुसको ६ लाख समेत लिएर भागेको भन्दै प्रदेश सभास्थलमै निशा झाले भनेपनि बबाल भएको थियो । कतिपय स्थानीय तहका नेता त घटनाको दोषी प्रमाणित समेत भएका छन्। नेकपा मोरङका नेता योगेन्द्र गुरुङकी प्रेमिकाका रूपमा रहेकी रमिला राईको हत्या गरेको आरोपमा गुरुङ पक्राउ परे ।

उनले राईसँगको शारीरिक सम्बन्ध समेत कायम गरेको र बच्नका लागि उनको हत्या गरी सप्तकोसी नदिमा शव फ्याँकेको बयान समेत दिएको घटना मिडियामा आएको थियो ।पूर्व सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत सल्यानकी महिला कार्यकर्ता महिमा खत्रीको लामो स्ट्याटसले विवादमा आए । उनले आफूलाई चितवनमा बोलाउँदै यौनजन्य हर्कतको प्रस्ताव जस्तो गरेको अनुभुति गरेको भन्दै आरोप लाएकी थिइन । रिपोर्टस् क्लबमै पत्रकार सम्मेलन गरेर नेपाल तरुण दलकी एक नेत्रीले समानुपातिक सूचीमा पार्ने बाहनामा नेता अर्जुननरसिंह केसीले यौन हिंसा गरेको आरोप लगाएकी थिइन् । घटनाको पुष्टि हुन नसकेपनि सामाजिक सञ्जालमा उक्त विषयले राम्रै स्थान पाएको थियो ।पदीय आचरणमा नबसी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीको मन्त्री पद खुस्किएको थियो । उनलाई नेकपाले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो ।

प्रदेशसभामा निर्वाचनमा कैलाली ४ ‘क’ बाट १६ हजार १ सय ११ मत ल्याएर निवार्चित भएका तत्कालीन मन्त्री सोडारीले एक महिलालाई टेलिफोनमा मनलाग्दी भनेको अडियो रेकर्ड बाहिरिएको थियो ।२०७२ सालको असार १५ गते धान दिवस मनाउने क्रममा तत्कालीन कृषिमन्त्री हरि पराजुलीले रोपाइँमा सहभागी एक महिलालाई अङ्गालो हालेको घटनाले उनले पनि मन्धीबाट राजीनामा दिनु प¥यो । संघीय सरकारका तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङ एक कार्यक्रममा मन्तव्य दिने क्रममा बोली चिम्लिँदा राजीनामा दिने स्थितिमा पुगे । बंगलादेशमा एमबीबीएस अध्ययन गर्न जाने नेपाली छात्राबारे नकारात्मक टिप्पणी गरेको भन्दै चौतर्फी आलोचना भएपछि तामाङले ‘नैतिकताका आधारमा मन्त्री पद छाडेका थिए । फिल्मी शैलीमा राजनीतिक वृत्तमा विकृत मानसिकता र प्रयोग हुँदै आएको कतिपय जानकार बताउँछन । कर्मचारी नेता, नेता र भ्रातृ सङ्गठनका कतिपय नेत्री, सांसद नियुक्तिका विषयमा ‘यौन सम्बन्धका डिल पनि’ हुने गरेको बताइन्छ ।दैनिक अनलाइनबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार