७ किलो अवैध चाँदीसहित धनुषाबाट २ जना पक्राउ


जनकपुरधाम, १२ असोज । ७ किलो अवैध चाँदीसहित धनुषाबाट २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जनकपुरको ठाकुर ज्वेलर्सका सञ्चालक सुरेश ठाकुर र भारत विहारको मधुवनीका धिरज ठाकुर रहेको प्रहरीले जनाएको छ ।

धनुषाको जटही सीमा नाकाबाट बा ११ च १२५० नम्बरको टाटा सुमोमा करिब ७ किलो चाँदी भारत लैजाँदै गर्दा प्रदेश प्रहरी कार्यालयबाट खटिएको ब्यूरो टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।थप अनुसन्धानका लागि दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

यसअघि शुक्रबार बिहान मोटरसाइकलको ट्यांकीमा लुकाइ भारततर्फ लैजाँदै गरेको १८ किलो चाँदीसहित जनकपुरधामको बसविट्टीबाट महोत्तरीको पिपपरा गाउँपालिका–५ सहरबा बस्ने ३० वर्षका भरतकुमार साह पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार