मोटरसाइकलमा सवार सिमेन्टका कर्मचारीले बोकेको पैसाको झोला लुटपाट


भैरहवा, ९ असोज । भैरहवामा फेरि पैसा लुटपाट भएको छ। बिहिबार रिलायन्स सिमेन्टको कर्मचारी २८ वर्षीय अविनिष त्रिपाठी ९पंकज०बाट अज्ञात समूहले रकम लुटपाट गरेको हो।

भैरहवाबाट पैसा लिएर रिलायन्स सिमेन्ट जाँदै गर्दा लुम्बिनी रोड मैनहियास्थित रिलायन्स पेपर मिल अगाडि अज्ञात समूहले हेलमेटले टाउकोमा प्रहार गरी लुटपाट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्रोतका अनुसार २ जनाले उक्त रकम लुटेर लगेको छन्। मोटरसाइकलमा सवार त्रिपाठीले पैसासहितको पछाडी बोकेको झोला अज्ञात समूहले खोस्न खोजेपछि उक्त घटना भएको हो। त्रिपाठीको टाउकोमा चोट लागेकोले भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।

के कति रकम लुटिएको भन्ने अझै पत्ता लगेको छैन्। विस्तृत विवरण आईपुगेको छैन्, प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तिलोत्तमामा भएको लगानी सम्मेलनमा उच्च पदस्थ व्यक्तित्व आउँदा भएको कडा सुरक्षाको बावजुद यस्तो घटना हुनु सुरक्षामाथि नै प्रश्न चिन्ह उठेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार