काभ्रेमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु


काभ्रे, ७ असोज । काभ्रेका भीरबाट लडेर र करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाका अनुसार काभ्रेको बेथानचोक गाउँपालिका वडा नं ४ खहरे बस्ने ४३ बर्षका बिरवल तामाङको भिरबाट लडेर मृत्यु भएको हो ।

सोमबार बेलुका स्थानीय बजारबाट घर जाने क्रममा सुरुङ्गी भीरबाट सय मिटर तल झरेका थिए । भीरबाट झरेर गम्भीर घाइते भएका तामाङको उपचारको लागि शीर मेमोरियल अस्पताल बनेपामा उपचारको गम्भिर घाइते भई उपचारको लागि शीर मरमोरियल अस्पताल ल्याएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

काभ्रेमै मंगलबार क्रसर उद्योगमा विद्युतको काम गर्ने कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय नागरिकले मापदण्ड विपरित संचालन भएको आरोप लाग्दै आएको पशुपती रोडा ढुङगा क्रसर उद्योगमा काम गर्ने एक मजदुरको करेन्ट लागि मृत्यु भएको छ । क्रसरको ब्यवस्थापनको लापरवाहीको मजदुरको मृत्यु भएको मजदुरहरुनै बताउँछन् ।

सो उद्योगमा चार बर्षदेखि बर्षदेखि ईलेक्ट्रिसियनको रुपमा काम गरिदै आएका पुर्णबहादुर कटुवालको करेन्ट लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । मंगलावर बिहान १० बजेतिर करेन्ट लागेर ६८ बर्षकम कटुवाल घाइते भएपछि उनलाई अस्पताल लगिएको थियो ।

मृतक केसीको स्थायी घर आमलेखगंन्ज भन्ने मात्र खुलिएको आफन्तहरु सम्पर्कमा आउँदै गरेको जिल्ला प्रहरी कार्यलय काभ्रे प्रवक्ता डिएसपी दिपक गिरिले जानकारी दिए । मजदुरको मृत्युभएको उक्त क्रेसर राजमार्गबाट नजिकै रहेको कारण मापदण्ड पुगेको देखिँदैन । राजमार्ग नजिकै सार्वजानिक जग्गा समेत मिचेर संचालनमा रहेको भन्दै केहि समय पहिलादेखि विरोध हुँदै आएको थियो ।

९ख्ष्कष्तभम द्दघ तष्mभक, द्दघ खष्कष्तक तयमबथ०

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार