भोजपुर प्रहरीद्धारा हत्यामा संम्लग्न अभियुक्त सार्वजनिक


भोजपुर, १ भाद्र । जिल्ला प्रहरी कार्यालय भोजपुरले हत्यामा संलग्न फरार अभियुक्तलाई पक्राउ गरि सार्वजनिक गरेको छ । प्रहरीले शनिबार प्रहरीले खोटाङको केपीलासगढी गाउँपालिका वडा नम्बर – १ बस्ने ४८ वर्षीय भइमाया राईको हत्यामा संलग्न भोजपुरको टेम्केमैयुङ गाउँपालिका – २ छिनामखु खैलाका २१ वर्षीय रमेश कार्की र २३ वर्षीय भिम बहादुर कार्कीलाई सार्वजनिक गरेको हो । उनीहरुले सामान्य विवादपछि भइमायालाई उल्टो पट्टिबाट खुखुरी प्रहार गरिघाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले भोजपुर नगरपालिका वडा नम्बर –४ सिद्धेश्वर ओडारेका पूर्णबहादुर सुयलको हत्यामा संलग्न मुख्य अभियुक्त ४३ वर्षीय मोहन रम्त्तेल भन्ने महन बहादुर रम्तेल(सार्की)लाई पनि सार्वजनिक गरेको छ । रम्तेलले सुयलको २०७४ साल माघ २६ गते सोही स्थानमा पर्ने चम्पिरा भिरबाट धकेलेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै सुयलकै हत्यामा सहयोग गर्ने मनकुमार मिजार, मनकुमारी रम्त्तेल, मृतककी श्रीमती मिना मिजार सार्की, आइतबहादुर भन्ने हरि बहादुर रम्त्तेल, सन्तोष मिजार र विष्णु बयलकोटिलाई पनि सार्वजनिक गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार