फरार अभियुक्त ९ वर्षपछि पक्राउ


बर्दिया, १४ साउन । कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन् । ज्यान मुद्धामा फरार रहेका बढैयाताल गाउपालिका वडा नं ४ का ५७ वर्षीय बलीराम खुना थारुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत बर्दियाले २०६७ साल चैत ३ गतेका दिन थारुलाई ज्यान मुद्धामा अभियुक्त ठहर गरि १७ वर्ष ७ महिना १५ दिन जेल सजाय फैसला सुनाएको थियो । प्रहरीले फरार थारुको खोजतलास कार्य जारी राखेको थियो ।

खोजतलासका क्रममा मंलगबार खेतबारीमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मदनजीत महराले जानकारी दिए । पक्राउ परेका थारुलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार