धादिङमा घर भत्किँदा एक जना बालिकाको ज्यान गयो


धादिङ, २७ असार । गजुरी गाउँपालिका वडा नम्बर(४, बालुवाडाँडामा अविरल वर्षाका कारण घर भत्किँदा शुक्रबार एक जना बालिकाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

कृष्णबहादुर तामाङकी ८ वर्षीया छोरी अस्मिता तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । घर भत्किँदा १२ वर्षीय जयराम तामाङ घाइते भएका छन् ।

२४ घण्टादेखिको लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग खण्डको विभिन्न स्थानमा सडक अवरोध भएको छ । वर्षाका कारण पृथ्वी राजमार्ग माथिबाट खनिएका सडकहरुको लेदो सडकमा आएर राजमार्ग अवरुद्ध भएको छ ।

धादिङको बेनिघाट, गल्छी लगायतको स्थानमा सडक अवरुद्ध भएपछि डोजरको सहायताले लेदो हटाइ एकातफी सवारी संचालन गरिएको प्रहरीले जनाएको छ ।

निर्माण कार्य सम्पन्न हुन नपाउँदै नीलकण्ठ नगरपालिकास्थित शीतल बजारमा सडक भासिएपछि ५ घर भत्किएको छ । आसपासका एक दर्जन घर जोखिममा परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार