भोजपुरमा उभौलीको रौनक हेर्नुस : भिडियो


भोजपुर, १८ जेठ ।
भोजपुरमा धुमधामका साथ साकेला नाचेर किरात समुदायले उभौली साकेला पर्व शनिबार मनाएका छन् । किरात राईहरुको बाहुल्य रहेको भोजपुरमा उँभौली साकेन्वा स्थानीय टुँडिखेलमा धुमधामका साथ मनाइएको हो । किरात राईहरूले ढोल, झ्याम्टाको तालमा गाउँदै नाँच्दै, किराती जिवनशैलीलाई सिलीमार्फत प्रस्तुत गर्दै साकेन्केला मनाएका हुन् ।

साकेलाको समापनको अवरसरमा भोजपुरको टुडीखेलमा किरात राई यायोक्खा जिल्ला कार्यसमिति भोजपुरकोे आयोजना कार्यक्रम गरीएको होे । किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायमा ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस, प्राकृतिक विपत्ति नपरोस, सुव्यफाव्य होस’ भन्ने कामनामा भूमि, पितृ र अन्नको पूजा आजा गरी साकेला चाड मनाउने प्रचलन रहेको किरात राई यायोक्खा जिल्ला कार्यसमिति भोजपुरकी अध्यक्ष सिर्जनाले बताइन् ।

साकेला पर्व अन्नबाली छर्ने बेला अर्थात् वैसाख पूर्णिमा र अन्नबाली उठाउने समय मंसिर पूर्णिमामा दुई पटक महिना दिनसम्म मनाउने गरिन्छ । साकेन्वा, साकेवा, साकला लगायतका नामबाट चिनिने साकेलाको अवसरमा नाचिने साकेला नाचमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपंक्षीको क्रियाकलापलाई चित्रण गर्दै नाच्ने परम्परा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार