
काठमाण्डौ, ११ वैशाख । धादिङको नौबिसे केन्द्रबिन्दु भएर ११ मिनेटभित्र दुईवटा पराकम्प गएको छ । बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पराकम्पको धक्का धादिङसहित उपत्यकामा पनि महसुस गरिएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा ठूलो पराकम्प गएको हो ।
ठूलो भूकम्पपछि साना परकम्प वर्षौँसम्म आउने केन्द्रले जनाएको छ ।

















