पासाङ ल्हामु शेर्पा साहस र प्रेरणाकी स्रोतस् प्रम ओली


काठमाण्डौ, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकी प्रथम सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पा साहस र प्रेरणाकी स्रोत भएको बताएका छन् ।

पासाङ ल्हामुले सगरमाथा आरोहण गरेको २६ वर्ष पुगेको अवसरमा म‌ंगलबार आयोजित पासाङ प्रतिष्ठा दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सो कुरा बताए।

प्रधानमन्त्री ओलीले पासाङको आत्मविश्वास र साहसले सगरमाथाको आरोहण सफल भएको बताउनुभयो । ‘पासाङ सम्पूर्ण नेपालीकी साहस र प्रेरणाकी स्रोत हुन् ’,उनले भने ।

प्रधानमन्त्री ओलीले पासाङ ल्हामुको स्मृतिलाई दीर्घकालिन बनाउन सरकार सकारात्मक रहेको बताउँदै सगरमाथाको उचाइ नेपाल र चीन दुवैतिरबाट नापेर टुंगो लगाउने काम सुरु भएको पनि जानकारी दिए।

‘सगरमाथाको बारेमा भएका भ्रमहरु अन्त्य गर्न यसपाली सरकारको तर्फबाट उचाइ नाप्ने काम हुँदैछ । यो काम विवाद रहित ढंगले टुंगिन्छ,’ प्रधानमन्त्री ओलीले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार