चट्याङले एकको मृत्यु , १० घाइते


अछाम, २६ चैत्र । अछाममा चट्याङले एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ७ पुल्लेतोलामा चट्याङ लागेर सोमबार राति करिब ८ बजे एकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १६ वर्षीय जनक रावल रहेका छन् । चट्याङ लागेरै अन्य १० जना घाइते भएका र उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये गोविन्द रावल र धर्म रावलको अवस्था गम्भीर रहेको जनाइएको छ। चट्याङमा परी मृत्यु भएका रावलको शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पतालमा राखिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार