
काठमाण्डौ, २४ चैत्र । सरकारी डाक्टरको आन्दोलनका कारण हजारौं बिरामी प्रभावित भएका छन् ।
देशभरका १४ सय सरकारी डाक्टरले गएको शुक्रबारदेखि सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्दा बिरामी समस्यामा परेका हुन् ।
सबै प्रदेशमा समान तरिकाले डाक्टर खटाएर समायोजन गर्नुपर्ने आफ्नो माग सरकारले सुनुवाई नगरेपछि स्वास्थ्य संस्थामा आकस्मिक बाहेकको सेवा बन्द गर्न बाध्य हुनुपरेको सरकारी चिकित्सक संघ ९गोदान० का अध्यक्ष दिपेन्द्र पाण्डेले जानकारी दिए । सरकारले माग पूरा गर्ने आश्वासन मात्रै दिएको तर व्यवहारमा वास्ता नगरेको उनकोआरोप छ । सकारले आलटाल गर्नुभन्दा बरु माग पूरा गर्दैनौं भने आफूहरुले सामूहिक राजीनामा दिएर चुपचाप बस्ने उनकोभनाइ छ ।
गएको फागुन १८ गते गोदान र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सबै प्रदेशमा समान तरिकाले डाक्टर पठाउने सहमति भए पनि व्यवहारमा त्यस्तो नभएको अध्यक्ष पाण्डेले जानकारी दिए । आफ्नो माग पूरा नहुँदासम्म आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने संघले जनाएको छ ।





















