एक युवतीले जन्माइन् एकै पटक ७ बच्चा


काठमाडौं, ५ फागुन । महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएको कुरा त हामी सबैलाई थाहै छ । तर, एक महिलाले एकै पटक त्यहि पनि स्वस्थ बच्चा जन्म दिएर अचम्म मात्र पारेकी छैनन् रेकर्ड समेत राखेकी छन् ।

सामान्यतया गर्भाधारण गरी एउटा बच्चा जन्माउन महिलालाई ९ महिना लाग्छ । तर, एक जना महिलाले भने एकै पटक ७ बच्चा जन्माएकी छन् । घटना पूर्वी इराकको दियाली प्रान्तको हो । ती महिला २५ वर्षकी छिन् र जन्मेका सबै शिशुहरू स्वस्थ रहेको अधिकारीले जनाएका छन् । एउटी महिलाले एकै पटक ७ वटा शिशुहरू कसरी जन्माउन सकिन रु यो कसरी सम्भव भयो रु

डेलिमेलका अनुसार मध्यपूर्वी देशमा भएको यो पहिलो घटना हो । ती महिलाको नाम खुलाइएको छैन् । स्थानीय स्वास्थ्य विभागले जारी गरेको विज्ञप्तिमा ती महिलाले जन्माएका ६ किशोरी र एक किशोरको स्वास्थ्य अवस्था राम्रो रहेको उल्लेख छ ।

७ वटा बच्चाहरूका बाबुले भने, ‘परिवार ठूलो बनाउने हाम्रो कुनै योजना थिएन अब हामी १० जनाको परिवार भइयो ।’ महिलाले एकै पटक ७ वटा बच्चा जन्माएको घटना मध्यपूर्वी देशका लागि पहिलो भएपनि केही बर्ष अघि लेबनानको सेन्ट जर्ज युनिभर्सिटी हस्पिटलमा एउटी आमाले ३ वटा किशोर र ३ वटा किशोरी जन्माएकी थिइन् ।

यसरी एउटी महिलाले ७ वटा बच्चा जन्माएको पहिलो रेकर्ड भने अमेरिकाको मध्यपश्चिमी राज्य लोवाको देशमोनिस सहरमा १९९७ मा कायम भएको थियो । केनी र बोबी मेक्कगीको नाममा पहिलो रेकर्ड कायम छ । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार