भोजपुर २१ साउन
भोजपुरमा एक वालक मृत अवस्थामा भेटिएका छन् । स्थानिय वाल कुमार तामाङ्गका १३ वर्षीय छोरा सुवास तामाङ्ग सोमवार भोजपुर नगरपालिकाको सुन्तलेमा मृत अवस्थामा भटिएका हुन् । वालक सुन्तले हेलौछा सडक खण्डमा वनाएको पोखरीमा मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
वालकलाई स्थानियले मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी निरिक्षक चरित्र विक्रम कार्की सहितको टोली आवश्यक प्रक्रिया तथा अनुसन्धानको लागि गएको प्रहरीले जनाएको छ । वालकको हत्या वा आत्माहत्या भन्ने विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । वालक धापखर्क आधारभुत विद्यालय अध्ययनरत थिए ।