भोजपुर, २३ असार ।
भोजपुरको पौवादुङ्मा गाउँपालिकामा दलित समुदायको क्षमता विकास गर्ने उदेश्यले क्षमता विकास तालिम सम्पन्न भएको छ ।
दलित समुदायको हक अधिकारको लागि आगमी ४ वर्ष पछिको रणनिति कस्तो वनाउने, साथै पौवादुङ्मा गाउँपालिका क्षेत्रलाई जातिय विभेदमुक्त गाउँपालिका कसरी निर्माण गर्न सकिन्छ भन्ने रणनितितय गर्नमा सहयोग पुगोस भन्ने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
‘जातिय छुवाछुत अन्त्यका लागि संवैधानिक अवसर र कार्यान्वयन विषयक क्षमता विकास कार्यक्रममा दलित अगुवा र सवै वडाका महिला दलित सदस्य लगाएत गरि २७ जनाको सहभागीत रहेको आयोजकले जनाएको छ ।
तीन दिन सम्म सञ्चालन भएको तालिम दलित उत्थान ग्रामिण समाज भोजपुरको आयोजना र गाउँपालिको प्रयोजनमा सञ्चालन गरिएको समाजका सचिव विमल रणपंहेलीले जानकारी दिए ।