भारतको दिल्लीस्थित जीबी रोडको कोठीबाट एक बर्षिया नाबालिका सहित तीन नेपाली महिलाको उद्दार गरिएको छ । माइती नेपाल नेपालगञ्जले गत बैशाख ४ गते भारतीय सूरक्षा अधिकारीहरुको सहयोगमा कोठीमा छापा मारेर नुवाकोटकी एक जना र एक बर्षिया नाबालिका छोरीसहित पर्साकी एक जना महिलाको उद्दार गरेको हो ।
१० जना नेपाली महिला रहेको सूचना आफूहरुले पाएपछि छापा मारेको भएपनि कोठी सञ्चालकले अन्य ७ जनालाई भगाउन सफल भएको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले बताए।
यसअघि चैत्र अन्तिम साता पनि माइती नेपाल नेपालगञ्जले भारतको आगरास्थित एक कोठीबोट ५ जना नेपाली महिलाको उद्दार गरेको थियो ।