भोजपुर सेवा समाज युएई’द्धारा दुवईको जेलमा रहेका विश्वकर्माको व्लड मनीका लागि आर्थिक सहयोग


भोजपुर ९ बैशाख ।
‘भोजपुर सेवा समाज युएई’ले दुवईको जेलमा परेका एक व्यक्तीलाई घर फर्काउन व्लड मनीको लागि सहयोग गरेको छ । समाजले चितवन खैरेनिका टोप वहादुर विश्वकर्मा वचाउ अभियान अन्तर्गत सहयोग गरेको हो ।

तत्काललाई सवै भोजपुरेहरुबाट संकलन गरि १४ हजार ४ सय रुपैया सहयोग गरेको समाजको अध्यक्ष भिम थापाले जानकारी दिए । साथै थापाले भोजपुरबाट दुवईमा कार्यरत सवै नेपालीलाई समाजमा आवद्ध भएर सहयोग आग्रह गरेका छन् । दुवई सरकारले विश्वकर्माको लागि २ लाख दिराम अर्थात नेपाली ५६ लाख रकम व्लट मनी तोकिदिएको छ । विश्वकर्मालाई वचाउनको लागि नेपाली दुतावास र एनआरएन युएईले वचाउन अभियान सञ्चालन गरिरहेका छन् ।

दुवईमा ड्राइभरको काम गरिरहेका विश्वकर्मा सडक नियम उलङ्घन गरेको आरोपमा ३ वर्ष देखि जेलमा रहेको समाजका केन्द्रिय कमिटिका सह कोष अध्यक्ष भोजपुर वैकुण्ठेका टिकाराम वस्नेत जानकारी दिए । विकको उद्धारको लागि रकम करिव पुरा भएको एनआरएनले जनाएको छ । भोजपुर सेवा समाज युएइले जिल्ला तथा विभिन्न ठाउमा आपतविपतमा परेकाहरुलाई सहयोग गर्दै आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार